जुलाईदेखि विदेशीलाई आगमन खुला गर्दै दुबई
मकालु खबर
२०७७ असार ८ गते
काठमाडौं । दुबईले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन पुरै खुकुलो बनाउँदै जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने भएको छ ।
यद्यपी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । खालिज टाइम्सका अनुसार दुबई पुगेपछि पनि त्यहाँको विमानस्थलमा कोरोना परीक्षणको व्यवस्था गरिने छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ ।
अन्य देशहरूमा भने आफ्ना नागरिक स्वदेश फर्काउन सुरु गरेपनि विदेशी पर्यटकका लागि भने खुला गरिसकेको अवस्था छैन । विश्व स्वास्थ्य संगठनले पनि सावधानी अपनाउन भनिरहेकाे छ । पर्याप्त सावधानी नअपनाए दाेस्राे चरणकाे महामारी सुरू हुने चेतावनी समेत दिँदै आएको छ ।
मकालु खबर
२०७७ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित