प्रतिलिपि अधिकार विधेयक विधायन समितिमा

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त प्रस्ताव गरेका थिए । राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ पारित गर्ने तयारी गरिए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीबाट हटाइएको जानकारी दिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *