ईश्वर पोखरेल नेतृत्वकाे सिसिएमसीलाई अर्थले दियो एक करोड ३० लाख

काठमाडौं । अर्थ मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सचिवालयका लागि १ करोड ३० लाख ३० हजार रुपैयाँ बजेट निकासा गरेको छ ।

रक्षा तथा उप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सिसिएमसीका लागि अर्थले १ करोड ३० लाख ३० हजार रुपैयाँ निकासा गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले यसबारे सार्वजनिक लेखा समितिलाई जानकारी गराएका हुन् ।

फागुन १८ गते बसेको मन्त्रिपरिषदले रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा नै कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरेको थियो । तर, पुनः रक्षामन्त्री ईश्वर पोखरेलकै नेतृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सिसिएमसी) सचिवालय स्थापना भएको थियो । चैत १५ गते बसको मन्त्रिरिषदले उक्त सचिवालय गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *