विद्यालयमा खानेपानी व्यवस्थापनका लागि महालक्ष्मी बैङ्कद्वारा सवा ३ लाख हस्तान्तरण

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले दुई वटा विद्यालयलाई खानेपानी व्यवस्थापनको लागि रु ३ लाख १५ हजार आर्थिक सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित श्री आनन्द भैरव आधारभूत विद्यालय र चितवनको इच्छा कामना गाउँपालिका–७ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई उक्त रकम सहयोगस्वरुप दिएको हो ।

उक्त रकम बैङ्कका हेटौँडा र टाँडी शाखाले क्रमशः वितरण गरेको हो । बैङ्कको हेटौँडा शाखामा सम्पन्न कार्यक्रमका बिच बैङ्कका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष इन्द्र प्रसाद नेपाललाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

त्यसै गरी शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरूमा बैङ्क तथा रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *