प्रमुख दलका शीर्ष नेताहरूलाई राष्ट्रपतिले बोलाइन् शीतल निवास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुख तथा शीर्ष नेताहरुलाई शीतल निवास बोलाएकी छिन् ।

कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सबै दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरूलाई आज बेलुका शीतलनिवास बोलाएकी हुन् । सबै दलका नेताहरुलाई राष्ट्रपतिकाे तर्फबाट निम्तो समेत गइसकेकाे शीतल निवासले जनाएको छ ।

शीतल निवासमा बेलुकी पाँच बजेपछि राष्ट्रपति भण्डारी र नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुबिच राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

विवादित एमसीसीका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । एमसीसी पारित गर्नु पर्ने अन्तिम समय सीमा असार १६ गते सकिँदैछ । यसबारे छलफल गर्न नेकपाको स्थायी समिति बैठक पनि आज ११ बजेदेखि बस्दैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *