सुरु भयो नेकपा स्थायी कमिटि बैठक, यस्ता छन् एमसीसीसहितका ५ एजेन्डा

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पाँच एजेण्डामा छलफल हुनेछ । कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सिमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका काम लगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्यबाट सुरु भएकाे सो बैठकमा सरकारको  अन्य काम कारवाहीका सम्बन्धमा पनि बहस हुनेछ । त्यसैगरी पार्टी एकताका बाँकी कामहरु र एमसीसीबारे पनि छलफल हुने बताइएकाे छ ।

नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नगर्ने विषयमा निर्णय लिन सकेको छैन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी परियोजना पारित गरेर जानुपर्ने अडानमा छन् भने सचिवालयमा बहुमत सदस्य एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने पक्षमा छन् । विद्युत प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले दिने ५० करोड अमेरिकी डलर बराबरको अनुदानसम्बन्धी सो सम्झौता संसदबाट अनुमोदन गर्ने–नगर्ने बारे नेकपामा विवाद गहिरो बनेपछि अन्योलता बढेको हो ।

अहिले देश एमसीसीका बारेमा पुरै विभाजित देखिएको छ । मिडियादेखि सामाजिक सञ्जालसम्म एमसीसीकै बहस भइरहेको छ ।  धेरै युवा समुह, राजनीतिक दलहरुले एमसीसिको विरुद्धमा दिनहुँजसाे आन्दोलन समेत गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *