नेविसंघको मागः आईओएमको डिन नियुक्ति खारेज गर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । वरिष्ठता र प्राज्ञिक मर्यादा कुल्चँदै आईओएमको डिन नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति तत्काल खारेज गर्न माग गरेको हो ।

अध्यक्ष राजीव ढुंगानाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘कर्तव्यतिष्ठ प्राध्यापक डा. गोविन्द केसीले बारम्बार आफ्नो ज्यान हत्केलामा राखी चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन गरेको सत्याग्रहबाट प्राप्त उपलब्धि गुम्ने गरी वरिष्ठता र प्राज्ञिक मर्यादा कुल्चँदै गरिएको आईओएमको डिन नियुक्ति तुरुन्त खारेज गरियोस्, सच्याइयोस् ।’

नेविसंघले पोखरा विश्वविद्यालयमा विगत नौ महिनादेखि रिक्त रहेका भीसी, रजिस्ट्रारलगायत पदाधिकारीको तत्काल सक्षम प्राज्ञिक नेतृत्वबाट चयन गर्न पनि माग गरेको छ । नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्‍वविद्यालयमा पदाधिकारी नियुक्त गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *