राप्ती नगरपालिकाद्वारा ८२ करोडको बजेट सार्वजनिक
- ध्रुवराज खनाल
चितवन । चितवनको राप्ती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरपालिकाको सातौ नगरमा उपप्रमुख इमानसिंह लामाले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ८२ करोड २६ हजार बराबरको बजेट रहेको छ ।
आगामी आर्थिक वर्षमा चालु तर्फ २५ करोड २२ लाख ११ हजार र पुँजीगत तर्फ २३ करोड २ लाख रुपैयाँ रहेको छ । आगामी वर्षका लागि प्रस्तुत गरिएको बजेटमा शर्शत अनुदानका कार्यक्रम समावेश नगरिएको उपप्रमुख लामाले बताए ।
आगामी वर्ष आन्तरीक श्रोतबाट ७ करोड, प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा ४ करोड १ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड तर्फ ११ करोड ६० लाख १४ हजार, संघीय सरकार समानिकरण अनुदानबाट १६ करोड ६२ लाख, संघीय सरकार शर्शत अनुदान २९ करोड ३७ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७ लाख, प्रदेश समपुरक अनुदान १ करोड ६ लाख, प्रदेश विषेश अनुदान ३० लाख, प्रदेश शर्शत अनुदान २ करोड ९८ लाख, मौज्दात रकम ७ करोड ७६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
प्रस्तावित बजेटलाई क्षेत्रगत रुपमा शशर्त अनुदान बाहेक आर्थिक विकासमा ४ करोड १६ लाख, कृषि, पशु र सहकारी तर्फ २ करोड ५६ लाख, सामाजिक विकास तर्फ ७ करोड ४ लाख, शिक्षा तर्फ १ करोड १ लाख, स्वास्थ्य तर्फ १ करोड ४ लाख, पूर्वाधार विकासमा १० करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सडक पूल तर्फ ७ करोड ६१ लाख, भवन तथा शहरी तर्फ २ करोड २४ लाख, व्यवस्थापन तथा सुशासन तर्फ ३ करोड ७७ लाख, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ९३ लाख, कार्यालय संचालन तथा प्रशासनका लागि १५ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले जानकारी दिए ।
नगर सभामा आगामी वर्षका लागि नगर प्रमुख प्रभा बरालले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । अहिले जारी संक्रामक कोरोना भाइरस नियन्त्रणको कामसँगै कृषि, स्वास्थ्य, पशुपालन, शिक्षा, पर्यटन,उद्योग व्यवसाय प्रवद्र्धनका कार्यक्रम समावेश गरिएको नगर प्रमुख बरालले बताइन् । नगर प्रमुख बरालका अनुसार नगर भित्रका करिब ५ सय बेरोजगार युवाहरुलाई स्वरोजगारको व्यवस्था गर्ने र युवा लक्षित कार्यक्रम संचालन गरिने छ ।