कोरोना महामारीले विश्व भयवित छ, तर एउटा त्याे देश जहाँ लाखौंले यसबारे सुनेकै छैनन् !

काठमाडौं । विश्वभर महामारीका रुपमा कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिइरहँदा म्यानमारको दुर्गम पश्चिम क्षेत्र नजिकका लाखौं मानिसलाई भने यसबारे केही थाहा छैन ।

मानवअधिकारवादी समुहहरुका अनुसार यहाँ एक वर्षभन्दा लामो समयदेखि इन्टरनेट सटडाउन छ । म्यानमारका सैनिक र विद्रोहीबीच भिडन्त बढाउनका लागि इन्टरनेट प्रयोग भएको हुन सक्ने सरोकारलाई ध्यानमा राख्दै गत वर्षको जुनमा स्टेट काउन्सिलर आङ सान सुकी नेतृत्वको यस क्षेत्रका नौवटा ‘टाउनसिप’ अर्थात् गाउँमा इन्टरनेट कटौती गरेको थियो ।

एक टाउनसिपमा मेमा इन्टरनेट सेवा फेरि सुचारु भयो, तर आठ अन्य टाउनसिप, जहाँ ८ लाख मानिस बस्छन् । त्यहाँ अझै सूचनाको ‘ब्ल्याक आउट’ अर्थात् बन्देज कायमै रहेको सीएनएनले जनाएको छ ।

लम्ब्याएको सटडाउनले मानिसहरुको जीवन जोखिममा पारेको ह्युमन राईट्स वाच र एम्नेस्टी इन्टरनेशनलको भनाइ छ । सम्भावित मानवअधिकार हननको सूचना दिनका लागि मात्रै यसले रोकेको छैन, बरु उनीहरुलाई यसले कोरोना भाइरस महामारीको जनस्वास्थ अभियानबाट पनि बञ्चित गरेको छ ।

‘रखाइन राज्यमा म्यानमार सैनिक र अराकान सैन्य दस्ताबीच महामारीको समय सशस्त्र युद्ध द्वन्द्व भइरहेका बेला सर्वसाधारणलाई आफु सुरक्षित बस्नका लागि आवश्यक सूचना लिन पनि जटिल छ,’ ह्युमन राईट्स वाचकी एशिया हेर्ने कानूनी सल्लाहकार लिन्डा लखधिरले भनिन् ।

म्यानमारको स्वास्थ मन्त्रालयका अनुसार सोमबारसम्म ६४ हजार ५ सय ३२ भन्दा बढी व्यक्तिमा परीक्षण गर्दा देशमा २ सय ९२ वटा कोभीड–१९ पोजेटिभ केश दर्ता भएका छन्, यसमध्ये ६ जनाले ज्यान गुमाएका छन् ।

उत्तरी रखाइन राज्यको माउङद र बुथीदाउङ टाउनसिपमा संक्रमणका केही केसहरु देखिएका छन्, जहाँ १ लाखभन्दा धेरै मुस्लिमहरु भीडभाडयुक्त शिविरमा बस्छन् । २०१८ मा रोहिग्यां विद्रोहीविरुद्ध सेनाले सुरु गरेको ‘सफाया अभियान’ बाट धेरैजना भागिसकेका छन् ।

रोहिंग्या मुस्लिमविरुद्धको जातिय सफाया अभियोगमा म्यानमारका सैनिकले अन्तर्राष्ट्रिय सुनुवाईको सामना गर्नुपर्ने माग संयुक्त राष्ट्रले गरेको छ । भिडन्तका कारण घरबारविहीन बनेका रखाइन बौद्ध धर्मालम्बी पनि यही क्षेत्रमा शिविरमा बसिरहेका छन् । जब २०२० को सुरुवातमा कोराना भाइरस महामारी सुरु भयो, तब सुकीको सरकारले सामाजिक दूरीलगायतका आवश्यकता समेटेर ‘कोही व्यक्ति पछि पर्दैनन्’ नामक रोग रोकथामको सूचना अभियान चलायो ।

तर, म्यानमारको युनियन संसद्को माथिल्लो सदनमा अराकान नेशनल लिग फर डेमोक्रेसीको प्रतिनिधित्व गर्ने सांसद् हटुट मेइले आइतबार बताए अनुसार उत्तरी रखाइन राज्य र छिमेकी चीन राज्यमा बस्ने धेरै मानिसहरुले फेसबुक, म्यासेजिङ एप्स र सरकारी वेवसाईटमार्फत पठाइएका जनस्वास्थ सम्बन्धी सूचनाहरु पाइरहेका छैनन् ।

‘जब म मेरो निर्वाचन क्षेत्रका मानिसहरुलाई उनीहरु कोभीड–१९ बारे सचेत भएको कुरा सोध्छु, तब मैले यस विश्वव्यापी महामारीबारे उनीहरुलाई सुरुदेखि नै बुझाउनुपर्छ ,’ मेइले भने, ‘मैले उनीहरुलाई भन्नुपर्छ कि सामाजिक दूरी के हो र राम्ररी हात सफा गर्ने अभ्यास कसरी गर्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *