रत्ननगरको बजेट १ अर्ब १३ करोड

  • ध्रुवराज खनाल

चितवन । चितवनको ठुलो नगरपालिका रत्ननगर नगरपालिकाले पनि बुधवार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रत्ननगरले करिब १ अर्ब १४ करोड बराबरको बजेट ल्याएको हो ।

सातौँ नगर सभामा बजेट प्रस्तुत गर्दै रत्ननगर नगरपालिका उपप्रमुख विमला देवी दुवाडीले आगामी वर्षका लागि १ अर्ब १३ करोड ८ लाख रुपैयाँ बजेट सार्वजनिक गरिन् । कुल बजेट मध्ये १० करोड आन्तरिक स्राेतबाट संकलन हुने अनुमान छ ।

त्यस्तै गत वर्षको नगद मौज्दात २ करोड, संघीय सरकारबाट प्राप्त शर्शत अनुदान ३० करोड ९३ लाख, संघीय सरकारबाट प्राप्त समानिकरण अनुदान १ करोड ७० लाख,संघीय सरकारबाट विषेश अनुदान २ करोड आम्दानी हुने अनुमान छ ।

यसैगरी संघीय सरकारबाट राजस्व वाँडफाँडबाट १० करोड ७ लाख,प्रदेश सरकार शशर्त अनुदान ५ करोड ५६ लाख,प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ९ लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक २ करोड ७१ लाख,सडक बोर्डबाट ८० लाख, संघीय सरकार पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत १ करोड ६५ लाख, प्रदेश स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत २ करोड २५ लाख, जिल्ला समन्वय समितिबाट समपुरक अनुदान मार्फत १ करोड ५० लाख, सामाजिक सुरक्षा भत्ता वापत २० करोड ६६ लाख, लागत सहभागीता १ करोड आम्दानी हुने अनुमान गरिएको छ ।

आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख नारायण वनले पशुपालक किसानलाई प्रोत्साहन तथा वैकल्पिक उर्जा प्रर्वद्धनका लागि गोबर ग्याँस अनुदान कार्यक्रम संचालन गर्ने र व्यक्तिगत वा सामुहिक रुपमा ५० वटा भन्दा बढि गाईभैँसी पालन गर्ने समुहलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउन लागिएको बताए ।

पर्यटन क्षेत्रको विकासका लागि नगरपालिका क्षेत्रमा वाटर किंगडम,गल्फकोर्ट जस्ता ठुला दीर्घकालिन महत्व राख्ने योजनाहरु निजी साझेदारी मोडलमा संचालन गरिने नगर प्रमुख वनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *