भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याऔँः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई संरक्षण नदिई कारवाहीको दायरमा ल्याउनुपर्ने धारणा राखेका छन् ।

बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीपछि मन्तव्य राख्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

‘पत्रपत्रिकामा सरकारको भ्रष्टाचार, अनियमितता, घूसखोरीमात्रै समाचार बनेको छ । भ्रष्टाचार, अनियमितता भएका छन् भने छानबिन गरौं । दोषी देखिए ती सबैलाई कारबाहीको दायरामा ल्याऊँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपा स्थायी कमिटीका एक सदस्यले बताए ।

अध्यक्ष दाहालले यदी भ्रष्टाचारै मात्र बढ्दै जाने हो भने पार्टी समाप्त हुने पनि बताए । सरकार र पार्टीको कामको समीक्षा गर्नुपर्ने उनको भनाइ छ । उनले कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म सरकारले गरेका प्रयास फलदायी नरहेको निष्कर्ष निकाल्दै यसको पनि समीक्षा हुनुपर्ने औंल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *