पार्टीमा गुटबन्दी र बहुमतको खेल भयोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको घडीमा समेत पार्टीभित्र गुटबन्दी र बहुमतको खेल भएको गुनासो गरेका छन् । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन्।

‘महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी चलेको देखिँदैन यहीकारण अघिल्लो सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको थियो । अहिले पनि गुटबन्दी र बहुमतको खेल भइरहेको छ’, प्रम ओलीले भने ।

यस्तै उनले आफ्नो नेतृत्वको सरकारलाई पार्टी नै प्रतिपक्ष बनेर घेराबन्दी गरेको पनि बताए । ‘पार्टी र सरकारले मिलेरै अहिलेको संकटसँग फेस गरिरहेकोछ । तर यसरी घेराबन्दीमा पार्नु भएन । आन्तरिक छलफलबाट समस्याको समाधान गर्नुपर्छ, त्यसका लागि म तयार छु’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।

यस्तै प्रम ओलीले सरकराले राष्ट्रियतासम्बन्धत्री ठूलो निर्णय लिएको पनि बताए । अर्कातिर कोभिड–१९ ले विश्‍वव्यापी संकटको पनि राम्रैसँग सामना गरिरहेको उनको भनाइ छ । सरकारले राम्रो प्रयास गरेकैले कोरोना नियन्त्रणतर्फ जाँदै गरेको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *