चन्द्रागिरि नगरपालिकाले ल्यायो १ अर्ब ४९ करोड ६२ लाखको बजेट
- राेशन दानी
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ४९ करोड ६२ लाख १६ हजार ५ सय ९९ बराबरको बजेट सार्वजनिक गरेको छ ।
काठमाडौँ चन्द्रागिरिकी उपप्रमुख लिशा नकर्मीले बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको पाँचौ अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगरले चालू तर्फ ७४ करोड १२ लाख ६ हजार ५ सय ९९ र पुँजीगत तर्फ ६० करोड ५० लाख १० हजार रहेको छ । सुरक्षा तर्फ १५ करोड रकम विनियोजित गरिएकाे छ ।
चन्द्रागिरि नगरपालिकाकाको आगामी आवका लागि अन्तरिक श्रोतबाट २४ करोड ५१ लाख ५० हजार रहेको छ । आन्तरिक स्रोत अन्तर्गत घर जग्गा रजिष्ट्रेसनबाट २८ करोड र बाहृय श्रोततर्फ निशर्त अनुदानबाट नेपाल सरकारबाट ६६ करोड ३५ लाख १९ हजार ६ सय ९० र प्रदेश सरकारबाट प्राप्त १२ करोड ८५ लाख २६ हजार र अन्य सरकारी निकायबाट २१ करोड २० लाख १७ हजार ९ सय ९ रहेको छ ।
चन्द्रागिरि नगरपालिकाको दिगो विकासमा टेवा पुर्याउन नगर भित्र रहेका सबै वडाहरूमा एक तवरले समान विकासका मोडालिटको रूपमा अगाडि बढाउने भएको छ । दहचोक ईन्द्रह, मक्ष्यनारायण,मातातिर्थ थानकोट एकीकृत पर्यटन विकासलाई मुख्य प्राथमिकता दिई दिगो पर्यटकीय क्षेत्रको आधार तय गरिने लक्ष्य राखिएको छ ।
भौतिक पुर्वाधार, ऐतिहासिक सम्पदा कला सस्कृति र यहाँका मौलिक बिषयको उठानका लागि दिर्घकालिन रणनीतिक कार्ययोजना तय गरिने भएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ । यसमा कोरोनाको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरण गर्ने कार्यक्रम समेटिएका छन् ।
पालिकाले विशेष महत्वका कार्यक्रम अन्तर्गत नगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग विकास, थानकोट त्रिभुवन पार्क निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, जस्ता कार्यक्रम समेत बजेटमा परेका छन् ।
समृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप विकास कार्यक्रम, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, कंलकी नागढुङ्गा सिसि टिभि, महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा-वडामा पालिकाले बजेट विनियोजन गरेको छ ।
नगरपालिकाबाट संचालित विकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, डिजिटल कर प्रणाली प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले नगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ नगर प्रमुख घनश्याम गिरीले भने ।
नगर प्रमुख गिरीले सुशासन कायम गराउन, भष्टाचार रोकथाम गर्न नगरपालिका कडा एक्सनमा जाने बताए । जनतासँग मेयर कार्यक्रमलाई अगाडि सार्दै विभिन्न योजना र कार्यक्रमहरूलाई पुर्नाअवलोकन गर्दै योजना र कार्यक्रमहरूको र्यान्डम चेक जाँचका लागि छुटै संयन्त्रको विकास मोडालिटिमा जाने लक्ष्य लिएको उनको भनाइ छ ।
कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले चन्द्रागिरिको बिकासको मोडालिटि अरू नगरपालिका गाउँ पालिकाले ग्रहण गर्नुपर्ने बताएका थिए ।