बाबुरामको प्रश्नः भोकले बाँचे अरूसँग पछि लड्दा हुन्न ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद तथा मन्त्रीहरुको पछिल्लो गतिविधिमा असन्तुष्टि पोखेका छन् ।

कोरोना र भोकले जनता त्राहीमाम भएको बेला सांसद र नेता भारत, चीन र अमेरिकासँग पालैपालो पाखुरा सुर्केर बहादुरी देखाईरहेको उनको टिप्पणी छ ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले रोग र भोकले बाँचे अरुसँग पछि लड्दा हुन्न ? भन्ने समेत गरे । उनले लेखेका छन्, ‘Einsteinले भनेका थिए-Nationalism is an infantile disease. It is the measles of mankind. हामी नेपालीलाई यतिवेला त्यही लुतोले सताए जस्तो छ!कोरोना/भोकले जनता त्राहीमाम छ ! सांसद/नेता भारत/चीन/अमेरिकासंग पालैपालो पाखुरा सुर्केर बहादुरी देखाइरहेछन्!रोग/भोकले बाँचे अरूसंग पछि लड्दा हुन्न ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *