लगातार परेको वर्षाले स्लामपुर जलमग्न (फोटो फिचरसहित)

  • सुजाता लिम्बु

विराटनगर । बिहीबार बिहानदेखि लगातार परेको वर्षाका कारण विराटनगर महानगरपालिका-१७ स्लामपुर डुबानमा परेको छ । पानी पर्नासाथ डुबानमा पर्नु त इस्लामपुरबासीका लागि सामान्य नै भइसकेको मुहम्मद जुनेरले बताए ।

वर्खा सुरु भएसँगै ५६ घर परिवारले डुबानको सास्ति बेहोर्नु परेको उनको भनाइ छ । नेपाल–भारत सिमा नाकामा रहेको स्लामपुर विराटनगर महानगरपालिका १७ मा पर्छ । नहर पारी भारत पर्दछ भने नहरवारी नेपाल पर्छ ।

विराटनगर महानगरपालिको विभिन्न क्षेत्रबाट बग्दै आएको ढल र भारतको जोबगनी हुँदै बग्दै आएको ढल स्लामपुर हुँदै बग्ने गर्दछ । ढल निकासको व्यवस्थापन नभएकाले मनसुन सुरुभएसँगै स्लामपुर गाँउनै डुबानमा पर्ने गरेको जुनेरले बताए ।

बर्षा नसकिएसम्म आफ्नो घरै छोडेर विस्तापित हुनुपर्ने बाध्यता वर्षेनी झेल्दै आईरहेको स्थानिय बासिन्दाहरुको गुनासो छ । स्थानिय बासिहरु भन्छन्, ‘आजसम्म यो क्षेत्रका जनता कसरी बसेका छन् भनेर बुझ्न महानगरपालिकाबाट मेयर सर आउनुभएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *