नागरिकता विधेयक विरुद्ध जनकपुरमा जसपा नेताहरूको प्रदर्शन

जनकपुरधाम । जनता समाजवादी पार्टीले आज पनि जनकपुरमा नागरिकता विधेयकको विरुद्ध प्रदर्शन गरेको छ ।

जसपाका प्रदेश सांसद, नेता/कार्यकर्ताले बिहीबार स्थानीय जनक चोकमा नागरिकता विधेयकबिरुद्व प्रदर्शन गरेका हुन् । उनीहरूले विधेयक खारेजको माग गरेका छन् ।

सबै त्याग गरेर आउने महिलालाई विभेद गर्न खोज्नु ठुलो अन्याय हुने जसपाका प्रदेश सांसद परमेश्वर साहले बताए । विवाह गरेर आउने महिलाले तत्कालै नागरिकता नपाए उनको कस्तो भविष्य होला ? सांसद साहले प्रश्न गरे । विधेयक फिर्ता नलिएमा सशक्त आन्दोलन गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *