नेकपा बैठकमा उपस्थित भएनन् प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) को स्थायी कमिटी बैठकमा अनुपस्थित भएका छन् ।

नेकपा स्थायी कमिटी बैठकको दोस्रो दिन आज । आजबाट नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ । तर ओली भने सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।

बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ । यसअघि बुुधबार बैठक बसेकाे थियाे । अध्यक्षद्वय ओली र प्रचण्डले आ–आफ्नो धारणा राखेपछि त्यसदिनको बैठक स्थगित भएको थियो ।

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध कार्यसूचीमा छलफल हुने छ। कार्यसूचीका विविधमा रुकुम पश्चिमा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक, संघीय सांसदको भत्ताका विषय राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *