अग्नी, सर्वाेत्तम सहित चार सिमेन्ट उद्योगलाई विभागकाे कारवाही

काठमाडौं । गुणस्तर मापदण्ड विपरित सिमेन्ट उत्पादन गरेको भन्दै चार सिमेन्टलाई कारवाही गरिएको छ । मापदण्ड पुरा नगरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले चार सिमेन्ट उद्योगलाई कारबाही गरेको हो।

यसरी विभागको कारवाहीमा पर्ने सिमेन्टहरूमा रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट, सर्वोत्तम सिमेन्ट रहेका छन्। यसैगरी एभरेष्ट ग्यास र कमल रोलिङ मिल्सलाई पनि कारवाही गरिएको छ ।

विभागले विभिन्न समयमा संकलन गरिएको सिमेन्टको नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।

विभागले गुणस्तर प्रमाणपत्र ऐन तथा नियमावलीअनुसार कारबाही गरिएको जानकारी दिएको छ। मापदण्ड पुरा नगरेका कम्पनीहरुको गुणस्तर प्रमाण चिन्ह स्थगन गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक दिनानाथ मिश्रले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *