कोरोना परीक्षणका लागि थप १० वटा प्रयोगशाला बनाइने मन्त्रालयको निर्णय
काठमाडौं । सरकारले थप १० वटा पिसिआर प्रयोगशाला सञ्चालन गर्ने भएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको हो।
पिसिआर परीक्षणको क्षमता बढाउने भन्दै मन्त्रालयले थप वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका आइसीएस कोअर्डिनेटर डा. गुणराज लोहनीले बताएका छन्।
मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा छ। यो सँगै प्रयोगशालाको संख्या ३३ पुग्ने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैंलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पतालमा प्रयोगशाला थप्ने छ ।
यसैगरी धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।