संयन्त्रमा नराखेकाे भन्दै बराह क्षेत्रका नगर सचिवालय सदस्यद्वारा राजीनामा

धरान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बराहक्षेत्र नगर सचिवालय सदस्य राजु अधिकारीले राजीनामा दिएका छन । अधिकारीले शनिवार नगर सचिवालय सदस्य एबम् पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका हुन।

पार्टीको संयन्त्र भित्र बिधान सम्मत आफुले पाउनुपर्ने अधिकारलाई पार्टीका नेतृत्वले हस्तक्षेप गरेको भन्दै उनले राजीनामा दिएकाे बताएका छन् । उनले पार्टीको बिधानतः संयन्त्रमा बस्न पाउने अधिकारलाई हस्तक्षेप गर्दै नगर इन्चार्ज केशव तिम्सिना, अध्यक्ष कमल कट्वाल र मेयर निलम खनालले आसेपासेका मान्छे राखी संयन्त्र गठन गरेको हुँदा राजीनामा गरेको प्रष्ट पारे ।

उता बराहक्षेत्र नगरप्रमुख निलम खनालले जनघनत्व र भौगोलिक अबस्थालाई नहेरी आसेपासेका वडालाई बजेट दिने गरेको भन्दै पार्टी र नगरमा पटकपटक कुरा राखेको भए पनि सुनुवाइ नभएकाले पनि राजिनामा गर्नैपर्ने अबस्था सिर्जना भएको बताएका छन ।

नगरका सह इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य पुष्प ढुंगानाको संयोजकत्वमा मेयर निलम खनाल, उपमेयर कमला मगर, पार्टी अध्यक्ष कमल कट्वाल र सचिव गजेन्द्र थापा, जेष्ठताको आधारमा निर्वाचित दुई वडा अध्यक्षहरु फडिन्द्र भट्टराई र दिपक लिम्बू र नगर कार्यालय सदस्य माधव तिम्सिना सहित ९ सदस्यीय संयन्त्र गठन भएको हो।

अधिकारी गत स्थानीय चुनाव ताका तत्कालीन नेकपा एमालेबाट उम्मेदवारी लिई भारी मतअन्तरले निर्वाचित वडा अध्यक्ष हुन । हाल बराहक्षेत्र ५ नम्बर वडाका अध्यक्ष अधिकारीले यसअघि साबिक भरौल गाबिसको दुई कार्यकाल पार्टी अध्यक्ष र भरौल गाबिसमा एक कार्यकाल वडा अध्यक्षको रुपमा काम गरिसकेको आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन।

यता राजु अधिकारीको राजीनामालाई आबश्यक प्रक्रियामा लागि अधिकारीको माग सम्बोधन योग्य भएकाले पार्टीभित्र छलफल गरि अगाडि बढाइने नगर अध्यक्ष कमल कट्वालले जानकारी दिएका छन । दुई पार्टी पुर्व नेकपा एमाले र माओवादी केन्द्रबिच एकीकरण पश्चात स्थानीय तहको निगरानी गर्न बराहक्षेत्रमा पार्टीको संयन्त्र गठन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *