कांग्रेस पदाधिकारी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक (आज) आइतबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशन कार्यतालिका, कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणलगायतका एजेन्डामा छलफल हुने कांग्रेसले जनाएको छ ।

त्यस्तै कांग्रेसले फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ । यसबारे पनि छलफल हुने बताइएको छ । कांग्रेसको १३ औं महाधिवेशन वि.सं. २०७२ फागुनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *