अल सबाबका नेपाली कमाण्डर मारिएको दाबी

काठमाडौं । सोमालियाका सुरक्षा फौजले मुस्लिम अतिवादी समूह अल-सबाबका नेपाली कमाण्डर मारिएको दाबी गरिएको छ । अल सबाबका लडाकुलाई तालिम दिने कमाण्डर असरफ आज्मी अबु हामदान मारिएको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार नेपालबाट गएका हमदान बिहीबार सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन् । उनी उक्त इस्लामिस्ट समूहका वरिष्ठ प्रशिक्षक थिए । त्यहाँको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा  कमाण्डर अबु हामदान मारिएको बताइएको छ ।

उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन् । त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन । नेपालबाट गएकाे भनिएपनि उनी नेपाली नागरिक भए नभएको बारे भन्ने समेत स्पष्ट पारिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *