राष्ट्रपतिको पक्ष लिँदै प्रधानमन्त्री ओलीले भने – मदन भण्डारीको धर्मपत्नी साइकल चलाउन जान्नुहुन्न  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीकी धर्मपत्नी राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् । मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समय विवादित राष्ट्रपतिको पक्ष लिँदै यस्तो बताएका हुन् ।

राष्ट्रपतिले महँगो गाडी चढेको भन्ने आलोचनातर्फ लक्षित गर्दै प्रम ओलीले भने, ‘राष्ट्रपतिले महँगो गाडी चढेको भन्दै आलोचना गर्नेहरु आफैं गाडी चढ्छन् । स्विडेनको राजा साइकलमा हिँड्छन् । तर, के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन रु त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सौखको कुरा हो ।’

त्यस्तै प्रम ओलीले भुलचुकले नक्सा नछापिएको पनि बताए । ‘मैले भन्ने गरेको छु प्वान्ट अफ् नो रिटर्न नै गरेको हो । किनकि, यस अभियानबाट हामी फिर्ता नै हुँदैनौं । हामी हाम्रो भूमि फिर्ता लिन्छौं त्यसकारण प्वाइन्ट अफ् रिर्टन चाहिएन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *