‘सोफाबाट कुर्सीमा, कुर्सीबाट फेरि तल झरे अध्यक्षद्वय, डेकाेरेसन नै चेन्ज’

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकको पहिलो दिनमै अन्य एजेन्डामा भन्दा कुर्सीमा विवाद निस्कियो । अधिकांश सदस्यले अध्यक्षद्वय र सदस्यहरुबिच विभेद भएको भन्दै गुनासो पोखे ।

अर्को बैठकमा अध्यक्षद्वयको सोफा परिवर्तन गरी सदस्यहरुको जस्तै कुर्सी राखियो । आजको बैठकमा फेरि ठाउँ नै परिवर्तन भएको छ । बैठक काेठाको आजको डेकोरेसन नै परिवर्तन गरिएको हो ।

यसअघिका बैठकमा बालुवाटारको हलभित्र स्थायी समिति सदस्यहरू तल र दुई अध्यक्षसहित सचिवालय सदस्यलाई माथिल्लो अग्लो स्थानमा बस्ने व्यवस्था मिलाइएको थियो । मंगलबारको बैठकमा भने सबै जना एउटै फ्लोरमा राखिएका कुर्सीमा बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *