पीसीआर परीक्षण बढाउन कांग्रेसद्वारा स्वास्थ्यमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड १९) संक्रमणको परीक्षण बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

सह-महामन्त्री महतसँगै नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउँद, मोहनबहादुर बस्‍नेत, चन्द्र भन्डारी र गगनकुमार थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीकाे टोलीलले आज (मंगलबार) बिहान स्वास्थ्यमन्त्री ढकाललाई भेटेर क्वारेन्टिनहरु नै कोरोना फैलाउने मध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन समेत ध्यानाकर्षण गराएको छ ।

क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, औषधि उपकरण खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको डा. महतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *