प्रतिनिधिसभा सांसद छन्त्यालको रिक्त ठाउँमा सुवर्णलाई पठाउने कांग्रेसको तयारी

काठमाडौं । दिवंगत प्रतिनिधि सभा सांसद ज्ञानकुमारी छन्त्यालको रिक्त ठाउँमा सुवर्ण ज्वारचनलाई पठाउने नेपाली कांग्रेसले तयारी गरेको छ ।

नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद रहेकी ६६ वर्षीया छन्त्यालको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आज बिहान निधन भएको थियो । उनी बागलुङकी हुन् । उनको गत आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको थियाे । उनकाे मृत्युपछि कांग्रेसले प्रतिनिधि सभामा ज्वारचनलाई पठाउने तयारी गरेकाे हाे ।

लामो समयदेखि कांग्रेसमा क्रियाशील ज्वारचन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा २०७३ मंसिर १५ गते सहरी विकास राज्यमन्त्री भएकी थिइन् । उनले वि.सं. २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *