प्रधानमन्त्री आउन नमानेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज (बिहीबार) को बैठक केहीबेर बसेर स्थगित भएको छ । मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेसँगै बालुवाटारको बैठक प्रभावित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका थिए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउन नमानेपछि बैठक रोकिएको बताइएकाे छ । बैठक रोकिएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादको तयारी छ ।

अहिले ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेलल गायतका सचिवालय नेताहरु छलफलमा जुटेका छन् । केहीबेर अघि करिब १५ मिनेट बसेकाे मन्त्रिपरिषद्काे बैठकले संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *