‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । पार्टी भित्रको रडाँकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट राजिनामा गर्न लगाएको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन् । बिहिबार राजधानीमा प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले जुलुस नै निकाले ।

माइतीघरको प्रदर्शनमा युवाहरुले ओलीको समर्थनमा नारा समेत लगाएका छन् । युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानर सहित जुलुस निकालेका हुन् ।

ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै उनलाई सरकारबाट हटाउन नहुने प्रदर्शनमा उत्रिएका युवाहरुको भनाई छ ।

 युवाहरुले प्रधानमन्त्रीले देश र जनताका लागि राम्रो काम गरेको बताउँदै स्थायी सरकार ढाल्न नहुने बताएका छन् ।

स्वतन्त्र रुपमा भेला भएका युवाहरुले ‘केपी बालाई काम गर्न दिनुपर्यो’, ‘सरकार ढाल्न पाईदैन, हाम्रो समर्थन ओली सरकारलाई’ ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइदैन’ जस्ता नारा लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *