कोरोना संक्रमित शिशुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
मकालु खबर
२०७७ असार १८ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४९ दिनको शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी म्याग्दीको धौलागिरी नगरपालिका–४ का हुन् ।
शिशुलाई असार ९ गते भर्ना गरिएको थियाे । लामो समयदेखि शिशुको स्वास्थ्यमा समस्या भएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केही दिनअघि मात्रै उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पहिलो चरणको डायलसिस समेत भएको प्रवक्ता गाैतमले जानकारी दिए । उनकाे असार १७ गते साँझ ४ बजे मृत्यु भएकाे हाे ।
मकालु खबर
२०७७ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित