सुदूरपश्चिममा उत्पादित सैपाल ग्याँसको बिक्री–वितरण सुरु

कठमाडौं । सुदूरपश्चिममा उत्पादित सैपाल ग्याँसको बिक्री–वितरण सुरु भएको छ । ६१ औँ उद्योगका रूपमा रहेकाे सैपाल ग्याँस उद्योगले आजदेखि विक्री वितरण शूरु गरेको हो ।

सैपाल ग्यास उद्योगका देशभरमा करिब सवा करोड सिलिन्डर रहेका छन् । जसमध्ये सबैभन्दा कम ग्याँस उद्योग नेपालमा रहेको प्रदेश भनेकै सुदूरपश्चिम प्रदेश हो । ग्याँस उद्योग नै नभएको प्रदेश कर्णाली रहेको छ ।

एभरेष्ट ग्याँस ग्रुपसँग हाल सञ्चालनमा रहेका काठमाडौँ उपत्यकासमेत ६ वटा उद्योग सञ्चालनमा रहेका छन् भने करिब १७ लाख सिलिन्डर बजारीकरण गरिएका छन् । यस ग्रुपले प्रत्येक महिना करिब चार लाख सिलिन्डर उत्पादन र बिक्री–वितरण गर्दै आएको छ भने प्रत्येक महिना करिब १० लाख सिलिन्डर एल.पी.ग्याँस उत्पादन गर्ने उद्योगहरुको क्षमता रहेको पनि सैपाल ग्यास उद्योगले जानकारी दिएको छ ।

एभरेष्ट ग्याँस ग्रुपले उद्योगको आवश्यकता सबैभन्दा बढी रहेको यस क्षेत्र पहिचान गरी आवश्यक तयारीकै क्रममा यस क्षेत्रकै अत्याधुनिक युरोपियन प्रविधियुक्त सैपाल ग्याँस उद्योग नयाँ उद्योग अर्थात् ग्रुपको सातौँ उद्योगमार्फत् सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ गरी तीन वटै प्रदेशमा यस उद्योगमार्फत डिलरका माध्यमबाट उपभोक्ताको भान्सासम्म सेवामुखी व्यवसाय गर्दै जाने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बताइएको छ ।

नेपालजस्तो गरिब देश भएर पनि पेट्रोलियम पदार्थ त्यसमा पनि खाना पकाउने एल.पी. ग्याँसको खपत वार्षिक करिब चार लाख ३० हजार मेट्रिकटन रहँदै आएको छ । विगत ५१ वर्षदेखि एल.पी. ग्याँस नेपालमा प्रचलनमा रहेको छ । देशभर प्रत्येक महिना करिब २७ लाख सिलिन्डर खपत हुने गर्दछ अर्थात् वार्षिक करिब ४० अर्वभन्दा धेरैको कारोबार हुने गर्दछ ।

विगत करिब ३१ वर्षदेखि मुख्य पेसाका रूपमा पेट्रोलियम पदार्थ कारोबार गर्दै आएको सैपाल ग्याँस उद्योगका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *