ईः लाई भेट्न हृयाम्स अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली इःलाई धुम्बाराहीस्थित हृयाम्स अस्पतालको पुगेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका ईः र पुकार बमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ अस्पताल पुगेका हुन् ।
७ दिनदेखि पाटनस्थित पाटन दरबार स्वाक्वारमा अनसन बसेका उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार हृयाम्स लगिएको थियो ।
प्रधानमन्त्री ओली करिव १५ मिनेट अस्पतालमा बसका अस्पतालका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए ।
प्रधानमन्त्रीले वार्ता टोली बनाएर भोलि नै सम्वादमा आउन आग्रह गरेको अभियान्ताहरूले बताएका छन् ।
‘इनफ इज इनफ’ अभियान कोरोना संक्रमणको जाँच पीसीआर विधिबाटै गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै सुरू भएको हो ।