यस्तो बेला बढ्ता जान्ने भइहाल्नुपर्ने ?

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) माथि आक्रोश पोखेका छन् ।

गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेविसंघ केन्द्रले काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले नेविसंघ सही ढंगले अघि बढ्न नसकेको भन्दै आक्रोश पोखेका हुन् ।

कार्यक्रममा उनले भने, ‘कोरोना भाइरस (कोभिड १९) को महामारीका बेला यस्तो सार्वजनिक कार्यक्रम गर्नुपर्ने । यस्तो बेला बढ्ता जान्ने भइहाल्नुपर्ने ? यस्तो बेला कार्यक्रम गर्ने ?’

यस्तै उनले नेविसंघको कामकारवाहीप्रति पनि असन्तुष्टि जनाए । नेविसंघले राम्रो नेतृत्व गर्न नसकेको उनको भनाइ छ । ‘नेविसंघको अध्यक्ष भएको मान्छे म तीन तीन पल्ट प्रधानमन्त्री भइसकें। तपाईहरु हुन सक्नुहुन्छ यस्तो हिसाबले ? नेविसंघ जहाँ पनि हार्‍या हार्‍यै छ। हामीले जता पनि जित्थ्याैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *