‘केपी ओलीजस्तो देशभक्त कोही छैन’ भन्दै पोखरामा प्रदर्शन

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पोखरामा पनि प्रदर्शन गरिएको छ ।

भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएर संकटमा परेका प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा ५० भन्दा बढी युवाहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । भारतीय दलालको पक्षमा लागेर ओली नेतृत्वको सरकार कमजोर बनाउन खोजिएको उनीहरुको आरोप छ ।

विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशी–विदेशी शक्ति लागेकाले युवाहरुले स्वतस्फूर्त प्रदर्शन उत्रिएको उनीहरुले बताए । प्रदर्शनमा सहभागीहरूले ‘भारतीय दलाल होसियार’ भन्दै नारा समेत लगाएका थिए । केपी ओलीजस्तो देशभक्त प्रधानमन्त्री अरु नभएको उनीहरूकाे भनाइ छ ।

यसअघि काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका थिए । बुधबार केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको थियो ।

अहिले नेकपाको स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । आफ्नो पदमाथि परेको संकट टाल्न प्रधानमन्त्री ओली दौडधुपमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *