आफ्नो समर्थनमा सडक आन्दोलन गर्न ओलीले दिए निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका युवा नेताहरुलाई आफ्नो समर्थनमा आन्दोलन गर्न निर्देशन दिएका छन् । बिहीबार राति युवा नेताहरुलाई बालुवाटार बोलाएर प्रम ओलीले यस्तो निर्देशन दिएका हुन् ।

बालुवाटारमा पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतको उपस्थिति रहेको थियो । प्रम ओलीको भनाइ उद्धृत गर्दै बालुवाटारमा सहभागी एक नेताले भने, ‘अब पार्टी फुट्ने भयो, तपाईंहरुले सडक आन्दोलन गरेर साथ दिनुपर्‍यो ।’ सहभागी युवा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने सुझाव दिएको जनाइएको छ ।

बिहीबार प्रम ओलीकाे समर्थनमा काठमाडाैं लगायत विभिन्न जिल्लामा प्रदर्शन भएकाे थियाे । शुक्रबार पनि पाेखरा लगायतका विभिन्न स्थानमा प्रम ओलीकाे समर्थनमा प्रदर्शन भइरहेकाे छ । बिहान ८ बजे भक्तपुरमा पनि  प्रदर्शन भएकाे छ । मध्यान्ह १२ बजे पनि युवा र विद्यार्थीले प्रदर्शन गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *