ओली र प्रचण्ड बिचको भेटवार्तामा पाँच बुँदे सहमतीका साक्षी पौडेल र शर्मा किन भए सहभागी ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको भेटवार्तामा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीको ‘भारतले हटाउन खोजको’ भारत विरोधी अभिव्यक्तिका कारण पार्टीभित्रको विवाद थप चुलिएको छ । स्थायी समिति बैठकमा पनि बहुमत सदस्यले ओलीको राजीनामा मागिरहेको अवस्थामा प्रचण्ड र ओलीबिच शुक्रबार भेटवार्ता भएको हो । उनीहरुबिचको भेटवार्तामा पार्टी महासचिव पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी भएका हुन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो । उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो।

उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए । उनीहरु पनि बैठकमा सहभागी भएपछि बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *