ओली–प्रचण्ड वार्ता विना निष्कर्ष टुंगियो, प्रचण्ड फर्किए खुमलटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबिच बसेको शुक्रबारको बैठक विना निष्कर्ष टुंगिएको छ । करिब ४ घण्टाको वार्ताबाट पनि निष्कर्ष निस्कन नसकेको हो ।

प्रधानमन्त्री ओलीको ‘भारतले हटाउन खोजको’ भारत विरोधी अभिव्यक्तिका कारण पार्टीभित्रको विवाद थप चुलिएको छ । स्थायी समिति बैठकमा पनि बहुमत सदस्यले ओलीको राजीनामा मागिरहेको अवस्थामा प्रचण्ड र ओलीबिच शुक्रबार भेटवार्ता भएको हो । भेटवार्तामा पार्टी महासचिव पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीसँगको वार्ता सकेर प्रचण्ड खुमलटार निवासमा फर्किएको जानकारी दिइएको छ । दुई अध्यक्षबीच खुलस्त छलफल भएपनि दुवैले । दुवै अध्यक्षबीच भएको लामो छलफलमा दुवै अध्यक्षले आ-आफ्ना अडानहरु राखेका थिए । अब भोलि बिहान स्थायी कमिटी बैठक बस्नुअघि फेरि छलफलमा बस्ने निर्णय भएकाे स्राेतकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *