अनशन बसेका युवालाई भेट्न अस्पताल पुगे पूर्वयुवराज पारस

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमको अवस्थामा क्वारेन्टिनलाई व्यवस्थित बनाउन, पीसीआर परीक्षण बढाउनुपर्ने माग राख्दै अनशन बसेका अभियान्ताहरुलाई पूर्व युवराज पारस शाहले भेटेका छन् ।

पोखराबाट शुक्रबार काठमाडौं फर्किएका पूर्व युवराज पारस अनशन बसेको अभियान्ताहरुलाई भेट्न दिउँसो धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुगेका हुन् । अस्पताल पुगेका पूर्व युवराज शाहले अधिकारीका बुवाआमासँग पनि केहीबेर कुराकानी गरेका छन् ।

८ दिनदेखि जारी अनशनमा स्वास्थ्यमा समस्या आएपछि ईः सहित दुई जनालाई बिहीबार हृयाम्स लगिएको थियो । अर्का दुई जनालाई भने यसअघि नै अस्पताल पुर्याइसकिएको थियो । उनीहरूकाे उपचार भइरहेकाे छ ।

उनीहरूको अनशनमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनि ऐक्यबद्धता जनाएका छन् । उनीहरु दुवैले अनशन स्थलमै गएर उनीहरुलाई भेटेका थिए ।

त्यस्तै बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ह्याम्स अस्पताल पुगेर अभियान्ताहरुलाई भेटिसकेका छन् । प्रधानमन्त्री ओली करिब १५ मिनेट अस्पतालमा बसेको अस्पतालले जनाएको थियो । प्रधानमन्त्रीले क्वारेन्टिन सुधार गर्ने प्रतिबद्धता समेत जनाएका थिए । प्रम ओलीले वार्ता टोली बनाएर भोलि नै संवादमा आउन आग्रह गरेको अभियान्ताहरूले बताएका थिए । यद्यपी अहिलेसम्म सहमतीको संवाद भने भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *