‘आ–आफ्नो स्वार्थको लागि राष्ट्रपतिलाई विवादमा नतानौं’

काठमाडाैं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति जस्तो गरिमामय पदको कसैले विवादमा तान्न नहुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मनित्रपरिषद्का मन्त्री तथा राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएरै आफ्नो राष्ट्रपति विरुद्ध सड्यन्त्र भइरहेको बताउँदै कसको पक्षमा रहने कित्ताकाट गर्नुपर्ने बताएपछि प्रवक्ता श्रेष्ठले राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानीत संस्था रहेको बताउँदै कसैले पनि अर्नगत झुटा प्रचार गर्न नहुने जिकिर गरेका हुन् ।

ट्विट गर्दै नेता श्रेष्ठले आ–आफ्नो स्वार्थका लागि राष्ट्रपति जस्तो गरिमामय संस्थालाई विवादमा तान्न नहुने बताएका छन् ।

‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं ।’ नेता श्रेष्ठले राष्ट्रपतिको बिरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगर्न पनि भनेका छन् ।

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का मन्त्री तथा राज्य मन्त्रीहरुलाई समेत बोलाएर राष्ट्रपति विरुद्ध महाभियोग लगाउने सड्यन्त्र भइरहेकोले संसद अन्य गरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *