प्रचण्ड, माधव नेपाल र झलनाथ शीतल निवासमा

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षसहित ३ जना नेताहरु शीतल निवास पुगेका छन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल शीतल निवास पुगेका हुन् । बिहान करिब ११ बजेतिर तीनै जना शितल निवास पुगेको स्रोतको भनाइ छ ।

नेकपामा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको विषयले नेकपा फुटतर्फ अग्रसर देखिएकाे छ । शनिबार राष्ट्रपतिमाथि महाअभियोग लगाउने भन्ने विषयले पनि प्रधानमन्त्री नेकपा फुटाउनेतर्फ अग्रसर देखिएका हुन् । उनले राष्ट्रपतिसँग छलफल गरेर फर्किएपछि बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए ।

आज अध्यक्ष दाहाल र प्रम ओलीबिच निर्णायक वार्ता हुँदैछ । आजको बैठकले नेकपा जुट्ने या फुट्नेबारे अन्तिम निर्णय गर्न सक्छ ।  ओली र प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले फुटको जोखिममा पुगेको नेकपालाई निकास दिने प्रयासस्वरूप आज अध्यक्षद्वयबीच निर्णायक वार्ता हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *