ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगे प्रचण्ड, २ साक्षी थपिए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।पार्टीभित्रको आन्तरिक विवादबारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

बालुवाटार पुग्नुअघि प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनी वालुवाटार पुगेको हुन् । राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएकाे बताइएकाे छ ।

त्यहाँबाट फर्किएका अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष ओलीबीच वार्ता सुरु भइसकेको छ । छलफलमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल सहभागी छन् भने प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

यसअघि शुक्रबार प्रचण्ड र ओलीबीच वार्ता भएको थियो । वार्ता निर्णायक भनिएको भए पनि अन्त्यमा निष्कर्षहीन भएको थियो । वार्तामा प्रचण्ड पक्षबाट जनार्दन शर्मा र ओली पक्षबाट विष्णु पाैडेल सहभागी थिए ।

आजको वार्तापछि स्थायी समितिको बैठक सोमबार बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *