प्रचण्डसहितका नेताहरूले राष्ट्रपतिलाई भने– महाभियोगको हल्ला निराधार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले महाअभियोग अफवाह मात्रै भएको बताएका छन् ।

आज अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपतिसँग छलफलका लागि शीतल निवास पुगेका थिए । शनिबार राष्ट्रपतिसँग छलफलका लागि पुगे ओलीले त्यहाँबाट फर्किएपछि मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए ।

यसै विषयमा छलफल गर्न शीतल निवास पुगेका प्रचण्डसहितका नेताहरुले राष्ट्रपतिमाथि महाभियोगको हल्ला निराधार रहेको बताएका हुन् । प्रधानमन्त्रीको गलत कदममा साथ नदिन समेत उनीहरुले राष्ट्रपतिलाई आग्रह गरेका छन् । राष्ट्रपति भण्डारीले पनि जवाफमा आफूले उक्त विषयमा कल्पना समेत नगरेको बताएकी छिन् ।

अहिले प्रचण्डसहितका नेताहरु शीतल निवासबाट बालुवाटार पुगेका छन् । प्रम ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका हुन् । उनीहरुबीच छलफल सुरु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *