कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

आज (आइतबार) दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुनेछ ।

बैठकमा केन्द्रीय महाधिवेशनको अन्तिम मितिमा फरक नपर्ने गरि कार्यतालिका सार्वजनिक गरिने बताइएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका तयार पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *