कांग्रेसको टोलीले शुक्रराज ट्रपिकल अस्पतालको गर्यो अनुगमन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले आज काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अस्पतालमा कोरोना भाइरसको परिक्षण गर्न आउने कसैले पनि सामाजिक दुरि कायम नगरेको पाइएको छ । साथै घरबेटीहरुले कोरोना परिक्षण गरेको रिपोर्ट अहिलेसम्म पनि खोजिरहेका कारण कोरोना परिक्षण गर्न हज्जारौं मानिसहरूकाे बाक्लो लाइन पनि अस्पतालमा भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिए ।

उनले टेकुमा ३० रुपैयाँमै कोरोना परिक्षण हुने र अन्य सरकारी अस्पतालले त्यही परिक्षणका लागि ५ हजार भन्दा बढी रकम लिने गरेको कारण पनि टेकु अस्पतालमा कोरोनाको परिक्षण गर्ने संख्या धेरै भएको अनुगमनका क्रममा आफुहरुले बुझेको बताए ।

अनुगमनपछि डाक्टर महतको टाेलीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सगर कुमारी राजभण्डारीलाई भेटेको थियो । उक्त भेटमा अस्पतालका निर्देशक डाक्टर राजभण्डारीले कोरोनाको परिक्षण शुक्रराजमा मात्रै केन्द्रित भएका कारण यहाँ देशका अहिलेसम्म उपप्रधानमन्त्री इश्वर पोख्रेल नेतृत्वको उच्चस्तरीय समिति तथा स्वास्थ्य मन्त्रालयका कुनैपनि अधिकारीहरु नआएको र उक्त अस्पतालमा आउन समेत डराउने गरेको पनि बताएका छन् ।

निर्देशक राजभण्डारीले क्वारेन्टाइनहरुलाई व्यवस्थित गराउन नसक्दा पनि संक्रमनको दर बढेको कांग्रेस सहमहामन्त्री महतको टोलिलाई बताए । कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टाेलीमा नेपाली कांग्रेसका केन्द्रियहरु सदस्य एनपी साउद, मोहन बहादुर बस्नेत, डिना उपाध्याय लगायत राष्ट्रिय योजना आयोगका पुर्व सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *