मन्त्री घिमिरेद्वारा योजनाहरुको अनुगमन, कहाँ कस्ता योजनाका लागि कति बजेट ?

  • सुजाता लिम्बु

विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुको अनुगमन गरेका छन् । मन्त्री घिमिरेले शनिबार आफ्नो निर्वाचन क्षेत्रका योजनाको अनुगमन गर्दै जनताका समस्याबारे घरदैलोमा पुगी जानकारी समेत लिएका छन् ।

उनले निर्माण सम्पन्न भएका र निर्माणाधिन एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका थिए । माेरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित बजेटबाट निर्माणाधिन र सम्पन्न भएका योजनाको अनुगमन गरिएको हो ।

कहाँ कस्ता योजनाका लागि कति बजेट ?

क्षेत्र नं. ४ (ख) अन्तर्गत विराटनगरमा ८ का योजनाहरु आरके चिल्ड्रेन अगाडिको सडकका लागि ५२ लाख, जयनेपाल मार्ग कालिका मार्गका लागि २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनाका लागि १ करोड, समाता मार्गका लागि २० लाख, निर्मल जल मार्गका लागि १० लाख, छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीका लागि १० लाख, बलुवाही सामुदायिक भवनका लागि १० लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै ज्ञानकुन्ज स्कुल बलुवाहीको शौचालय निर्माणका लागि ५ लाख, अमर सेवा समितिको सामुदायिक भवन निर्माणका लागि ४० लाख, महेन्द्र माविको खानेपानी निर्माणका लागि ५ लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकका लागि १० लाख, बालगोपाल टोल मिलन मार्गका लागि १० लाख र विराटेश्वर बृद्धाश्रमका लागि ४ लाख रुपैयाँ विनियोजन भएको छ ।

मन्त्री घिमिरेले विराटनगर ८ का योजनका साथै स्थानीय बासिन्दाहरुसँग पनि योजनाका बारेमा छलफल गरेका थिए । योजनाहरु निर्माण शुरु भएपछि विराटनगर ८ का स्थानीयबासीहरुले खुशी व्यक्त गर्दै  मन्त्री घिमिरेलाई विराटनगर ८ का समस्याहरु बारेमा पनि जानकारी गराएका थिए । सोहि क्रममा मन्त्री घिमिरेले विराटनगर ८ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भईरहेको सुशील सहनीको घरको पनि अनुगमन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *