देउवा र जनता समाजवादीका नेताबीच भेट, दुई पार्टीको निस्कियो यस्तो निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।

मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतले बुढानिलकण्ठ पुगेर सभापति देउवासँग भेटघाट गरेका हुन् ।

दुवै पार्टीका नेताहरुबीच करिब एक घण्टा छलफल भएको थियो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायत विषयमा वार्ता भएको थियो ।

छलफलमा दुवै दलका नेताहरुरुले सरकारले कूटनीतिक सम्बन्ध बिगारेको निष्कर्ष निकालेका छन् । नेकपाभित्रको आन्तरिक विवादमा नफस्ने कुरामा उनीहरु एकजुट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *