सरिता गिरीलाई समाजवादीले गर्याे कारवाही, सांसद र पार्टीबाट निष्कासित

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेको छ । पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा सांसद गिरीलाई पार्टी कार्यदलको सिफारिस बमोजिम पार्टीले कारवाही गरेको हो ।

सांसद गिरीले जेठ २७ गते लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधन मतदानमा पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेकी थिइन् ।

नेपालले दाबी गरेको तीन भू(भाग भारतकै भएको उनले दाबी गर्दै आएकी थिइन् । नेपालले नक्सा जारी गर्ने बेलामा पनि उनले नक्सा जारी गर्नुअघि भारतसँग छलफल गर्नुपर्ने धारणा राखेकी थिइन् । उनको भनाइको जनस्तरबाट विरोध भएको थियो । उनको अभिव्यक्ति विवादित भएसँगै उनीमाथि कारवाही गर्नुपर्ने पार्टीमाथि दबाब उठेको थियो ।

पार्टीको ह्विप समेत उल्लंघन गरेपछि भने सो विषयमा छानबिन गर्न समाजवादीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा २ सदस्य सहितको कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेपछि कारवाही भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *