प्रदेश १ मा ११ हजार प्रहरी दरबन्दी थप्न प्रस्ताव पेस

विराटनगर । प्रदेश १ मा ११ हजार प्रहरीको दरबन्दी थप्न प्रस्ताव पेस गरिएको छ । प्रहरी विधेयक संसदमा पेस गर्दै प्रदेश १ सरकारले ११ हजार प्रहरी दरबन्दी रहने गरी प्रस्ताव गरेको हो ।

मंगलबारको प्रदेशसभा बैठकम प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट मन्त्री हिक्मत कार्कीले प्रदेश प्रहरी विधेयक संसदमा पेस गरेका हुन् । उक्त विधेयकमा दुई वरिष्ठ प्रहरी पदको लागि पनि प्रस्ताव गरिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन र सुपरिवेक्षण संघीय कानुन बमोजिम हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *