यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावले मौसम बदली भई वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा तथा धनुषा, सिराहा, मोरङ, बिराटनगर र यसका आसपासका भूभागमा पूर्ण बदली रही मेगगर्जन, चट्याङग हल्कादेखि मध्यम वर्षा भईरहेको छ भने बाकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

असार २४ गते (बुधबार)
दिउँसोः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखी पुर्ण बदली रही प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक / दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २५ गते (बिहिबार)
दिउँसोः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक / दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २६ गते (शुक्रबार)
दिउँसोः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, , बागमती प्रदेश प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को समेत सम्भावना रहेको हुदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *