नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिएका हुन् । यसअघि शनिबार पनि यो बैठक स्थगित गरिएको थियो । शनिबार सोमबारका लागि राख्ने भनिएको बैठक फेरि स्थगनमा परेको थियो ।यो पनि : नेकपा स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना कति ?
पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्ला एक्लै छलफलमा जुटेको र सहमति कायम गर्न भन्दै चौथो पटक बैठक स्थगित गरिएको हो । पछिल्लो समय शीर्ष नेताहरुबीच विवाद नमिल्दा नेकपा स्थायी कमिटी बैठक कहिले टुङ्गिने भन्ने ठेगान छैन ।
लम्बिदै नेकपा विवादः न मन्त्रीले ‘कित्ता’ स्पष्ट गरे नत ओली-प्रचण्डबीच कुरा मिल्यो