पूर्व राजा–रानीको तस्वीर छातीमा टाँसेर युवाहरुले भने– ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं । पछिल्लो समय नेता–मन्त्रीहरुको कार्यशैलीबाट आजित बनेका युवाहरुले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा प्रदर्शन गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा राजावादीका विभिन्न संघ–संस्थाहरुले राजपरिवारको समर्थनमा प्रदर्शन गरेका हुन् ।

राजाको समर्थनमा उत्रिएकाहरुले सरकारको चर्को विरोध गर्दै गणतन्त्र मुर्दावाद, भ्रष्टाचारी सरकार राजीनामा दे, राजा आऊ देश बचाऊ जस्ता नारा लगाएका थिए । देशमा भ्रष्टाचार बढ्दै गएपछि युवाहरु आक्रोशित छन् । झनै कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा सरकारको भद्रगोल कार्यशैलीपछि केही नागरिकहरुले राजा नै आउनुपर्ने धारणा राख्दै आएका छन् ।

यतिबेला सत्ताधारी नेकपामा विवाद छ । काेराेना नियन्त्रणमा चासाे नदिइ कुर्सीका लागि लडाइँ गरेकाे सरकारमाथि आरोप छ। यस्ताेमा जनता निराश हुनुपनि स्वभाविक हाे । सरकारले काेभिड महामारीमा क्वारेन्टिन व्यवस्थित बनाउन नसकेकाे, जनस्वास्थ्यमाथि खेलवाड गरेकाे, भ्रष्टाचार बढेकाे भन्दै यसअघि अनशन समेत बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *